१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बम्जन पक्राउ परेसँगै सिन्धुली आश्रम सुनसान


6.851k
Shares

सिन्धुली । रामबहादुर बम्जनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेसँगै उनको सिन्धुली आश्रम सुनसान बनेको छ ।

सिन्धुली आश्रममा रहेका अनुयायीहरुहरु उनी पक्राउ परेको सुचना पाएपछि आश्रम छाडेर रातारात भागेको स्थानीयले बताएका छन् ।

आफ्नै अनुयायीहरुको अपहरण, हत्या र यौन शोषण गरेको आरोपमा नेपाल प्रहरीले उनको सिन्धुलीको आश्रममा यसअघि पटक पटक खानतलासी लिने गरेको थियो ।

नेपाल प्रहरीको उच्च स्तरीय टोलीले बेपत्ता र हत्या सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि बम्जनको सिन्धुलीस्थित आश्रममा कडा निगरानी राखेको थियो ।

सिन्धुलीको पहिरेमा वन क्षेत्र अतिक्रमण गरी करिब ४२ बिगाहा जमिनमा बम्जनको आश्रम स्थापना गरिएको थियो । सो स्थानमा चिनिया शैलीको भवन बनाइएको आश्रम चारैतिर ठूला पर्खाल र काडेतारले घेरिएको छ ।

ठुलो क्षेत्रफलमा फैलिएको जमिन र कम्पाउन्डमा सुरक्षा फौजकै शैलीमा सेन्ट्री तैनाथ समेत राखिएको थियो । मध्यभागमा आलिसान बंगलामा जीम हलदेखि स्वीमिङ पुलसम्म रहेका छन् ।