
काठमाडौं । माघे संक्रान्तीको अवसरमा थारु समुदायले माघ १ गते टुंडिखेलमा माघी पर्व मनाउने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो ।
माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नु हुने छ ।
यस वर्ष थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहति माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताउनुभयो । उहाँले थारु सांस्कृतिक झाँकी, थारु सांस्कृतिक प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री हुने बताउनुभयो ।
उहाँका अनुसार फूड स्टलहरुमा पारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहने छन् । बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरुको राखिने छ ।
महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्