१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको काममा तिब्रता आएको छ : मन्त्री ज्वाला


221
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक खण्डको कामले तिब्रता पाएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम अघि बढाइएको बताउनुभयो ।

मन्त्री ज्वालाले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तिब्र रुपमा अघि बढ्ने दाबी गर्नुभयो । उहाँले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षिय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताउनुभयो ।

मन्त्री ज्वालाले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताउनुभयो । निर्माण सामग्रीको हकमा पनि नारायणगढ-बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताउनुभयो । उहाँले सो सडकखण्डहरुमा अहिले विद्युत पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनुभयो । उहाँले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ-बुटवल र मुग्लिन-पोखरा) मा प्रगति उल्लेख्य रहेको बताउनुभयो ।

मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताउनुभयो । उहाँले काम गरे/नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र कााम नभएको देखिए ठेक्का तोड्ने पनि बताउनुभयो ।