
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा, सीप र आवश्यक ज्ञान प्रदान गरेर मात्रै श्रमिक विदेश पठाउने गरी सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै श्रममन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
श्रममन्त्री भण्डारीले नेपाली श्रमिकहरुलाई सरकारले न्युनतम सम्बन्धित देशको भाषा र सीप सिकाएर पठाउन विभिन्न देशका राजदुतहरु, एनआरएन तथा एजेन्सीहरुले आग्रह गरिरहेकाले त्यही आग्रहअनुसार सरकारले तयारी गरिहरको बताउनुभयो । उहाँले भाषा, सीप र आवश्यक बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा विचौलियाको भुमिका अन्त्यका निम्ति आफूहरूले काम गरिरहेको उल्लेख गर्नुभयो ।
श्रममन्त्री भण्डारीले मेलेसिया लगायत खाडी मुलुकमा श्रमिकलाई फ्रि भिसा फ्रि टिकटमा पठाउन नसकिने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा पठाउने सरकार वा एजेन्सी दुवैले लागत लगाउनुपर्ने भएकाले फ्रि भिसा फ्रि टिकटमा पठाउन नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले विदेश पठाउने सेवा प्रदायकले व्यहोर्दा मात्रै श्रमिकलाई शुन्य लागत लाग्ने अवस्था रहेको बताउनुभयो । उहाँले ९ लाख नेपाली श्रमिक मलेसिया भएपनि अहिलेसम्म १५ हजार मात्रै फ्रि भिसामा गएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्