२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔं : अध्यक्ष ढकाल


117
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ढकालले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसावको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीहरुलाई प्रत्येक दुई/दुई वर्षमा सिआईपी दिने गरेको भएपनि लविङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्याहरुलाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले एकद्वार सर्भिस छ भनेपनि हुने नगरेको गुनासो गर्नुभयो । उहाँले छिटो भन्दा छिटो निर्यात प्रवद्र्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामाग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमुलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताउनुभयो । उहाँले निर्यात प्रवद्र्धनमा एकद्वारा प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।