१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चन्द्रागिरीको सेतो पहरामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु


1.495k
Shares

काठमाडौं । चन्द्रागिरी नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि ५ सय मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा काठमाडौंको मैतीदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा. महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भ्यानमा ६ जना सवारमध्ये ४ जनाको घटनास्थलमा नै मृत्यु भएको र दुई जना घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा. सृष्टि तिवारी घाइते छन् ।