२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘सहकारीले कृषिमा लगानी गर्नुपर्छ’


143
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सहकारीलाई कृषि र साना उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

सन्धिखर्कमा भएको देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिडेटको प्रथम बार्षिक साधारण सभामा बोल्दै उहाँले सहकारीमा जम्मा भएको रकम अब उत्पादनमा लगाउन आग्रह गर्नुभयो ।

नगरभित्र संचालीत सहकारीलाई नाफा मुखी मात्र नभइ सेवामुखी बन्न समेत आग्रह गर्दै उहाँले त्यसका लागि नगरपालिकाले सहकार्य गरी काम गर्न तयार भएको बताउनुभयो । उहाँले सहकारी प्रति विश्वास जोगानको लागी सोहि अनुसार लाग्न समेत आग्रह गर्नुभयो ।

अर्घाखाँचीको ग्रामीण भेगमा संचालीत जिल्लाको सबै भन्दा पुरानो देउराली यातयात प्रा.लि द्वारा सञ्चालित सहकारीको पुँजी १ वर्षमा १ करोड १७ लाख ५६ हजार १ सय ७६ रहेको अध्यक्ष गोविन्द प्रसाद बन्जाडेले जानकारी गराउनुभयो ।