१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टुँडिखेलमा भिडभाड हुँदा च्यापिएर घाइते हुनेको संख्या ११ पुग्यो


28.925k
Shares

काठमाडौं । काठमाडौं टुँडिखेलमा अत्यधिक भिडभाडमा धकेलाधकेल हुँदा च्यापिएर घाइते हुनेको संख्या ११ जना पुगेको छ ।

सोमबार माघी पर्व मनाउन ठूलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका छन् । अत्यधिक भिडमा धकेलाधकेल हुँदा ११ जना घाइते प्रहरीले जनाएको छ ।

फलामको गेट भत्किएर घाइते भएकाहरुलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको काठमाडौं प्रहरीका एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

एसपी ढुंगेलका अनुसार घाइतेहरु सवै खतरामुक्त रहेका छन् ।

महोत्सवमा पस्ने र निस्कने क्रममा धकेलाधकेल हुँदा घाइते भएका हुन् ।