
सिन्धुली । सिनधुलीको मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा प्रथम भएको छ ।
हालै सार्वजनिक भएको अन्तिम नतिजामा आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मरिण देशैभरबाट पहिलो स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरी मरिण स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिसा) मा बागमती प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
१ सय पूर्णाङ्कमा ९७ दशमलव ५ अंङ्कका साथ वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मरिण प्रथम भएको हो । त्यसैगरी १ सय पूर्णाङ्कमै ९४ दशमलव ७५ अंङ्कका साथ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा मरिण बागमती प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) ले जनप्रतिनिधि र कर्मचारीको अथक मेहनतका कारण मरिण गाउँपालिकाले यो स्थान हासिल गर्न सफल भएको बताउनु भयो । मुक्तानले यसले आफूहरुलाई अझ मेहनतका साथ जनताका लागि काम गर्न हौसला मिलेको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्