
काठमाडौं । आज बिहान त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त गाडी त्रिशूलीमा खसेको स्थानीयबाट सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको थियो ।
गोताखोर टोलीले बीआर ०९– १४३० नम्बरको भारतीय नम्बर प्लेट भएको बोलेरो गाडी फेला पारेको हो ।
उक्त गाडीमा कति जना रहेको र कहाँबाट कहाँ जाँदै थियो भन्ने खुल्न नसकेको बताइएको छ । जीप सडकबाट झण्डै ८५ मिटर तल खसेको थयो ।
प्रतिक्रिया दिनुहोस्