१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राज्यको कमजारीले यातायात क्षेत्र समस्याग्रस्त छ : सरोज सिटौला


195
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजारीले यातायात क्षेत्र समस्याग्रस्त आवस्था रहेको बताउनुभएको छ ।

मंगलबार धनगढीमा यातायात व्यवसायीहरुसँगको छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले विगतको सरकारले कुनै अध्ययन र अनुसन्धान बिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भइरहेको बताउनुभयो । उहाँले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धान बिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धरासायी भएको उल्लेख गर्नुभयो ।

यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावकविहीन अवस्थामा रहेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाई छ । उहाँले २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्वित वा कोमामा रहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात क्षेत्र कम्पनीमा लैजाने निर्णयपछि बन्नुपर्ने नीति र कार्यविधि अहिलेसम्म बन्न नसकेको बताउनुभयो । उहाँले सरकारले कम्पनीको रुपमा कुनैपनि कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृद्धि बढ्दा अस्वस्थ प्रतिष्पर्धा बढेको बताउनुभयो । उहाँले सरकारसँथ कुन सवारी साधन कहाँ जाने भन्ने कुनै विधि पद्धती नभएको दाबी गर्दै विधि र पद्धति नभएको कारण पनि सडक दुर्घटना बढी रहेको बताउनुभयो ।

सरकारले यातायात व्यवसायीहरुले राखेका मागहरु अहिलेसम्म सम्बोधन नगरेको आरोप लगाउनुभयो । उहाँले ७२ घण्टाको नाममा भारतीय नम्बर प्लेटका सवारी साधनहरु भित्रिएर देशभर घुमि रहेको कारणले अस्वस्थ प्रतिष्पर्धा बढेको बताउनुभयो । उहाँल सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु समस्यामा रहेको बताउनुभयो ।