
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उछाल आएको छ ।
बजार परिसूचक नेप्से ५४ दशमलव ५४ अंकले बढेर २ हजार १७५ को विन्दुमा पुगेको छ ।
बलिया र राम्रा कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव २६ अंकले बढेर ३९७ दशमलव ४३ विन्दुमा पुगेको छ ।
मंगलबार ३०४ वटा कम्पनीको २ करोड ३७ लाख ५३ कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मंगलबारको कारोबार रकम दुई वर्ष यताकै उच्च हो ।
यस दिन नेप्सेका १४ वटै उपसमूहमा हरियाली छाएको छ । वित्त समूह सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले बढेको छ भने लगानी समूह ३ दशमलव ७० प्रतिशतले बढेको छ ।
मंलबार सोनापुर सिमेन्टको सर्वाधिक २८ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार १४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । २ सय १४ कम्पनीको शेयर बढ्दा मंगलबार ३१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।
प्रतिक्रिया दिनुहोस्