२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


हरेक वर्ष १५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरु अघि सारेका हौं : उप्रमुख डंगोल


0
Shares

काठमाडौं । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उप्रमुख डंगोलले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताउनुभयो । उहाँले १० वटा गौरवका योजनाहरुमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताउनुभयो ।

उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तिमा १५ हजार महानगरबासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरको उल्लेख गर्नुभयो । उहाँले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताउनुभयो ।

उहाँले तालिमको उदेश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताउनुभयो ।