२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीहरु विदेश रोज्न थाले : मन्त्री शर्मा


156
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालय (टियु)ले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताउनुभएको छ ।

बुधबार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेको बताउनुभयो ।

उहाँले अध्ययन/अध्यापन र परीक्षा, नतिजा लगायका विषयहरु सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताउनुभयो । उहाँले अनलाइनमाध्यमबाट अघि बढ्न विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले सूचना तथा सञ्चार क्षेत्रलाई राज्यले अत्यावश्यक रुपमा लिन नसक्दा यी समस्याहरु सिर्जना भएको बताउनुभयो ।