
काठमाडौं । एसियन कप फुटबलमा बुधबार राति कतारले ताजकिस्तानलाई १–० ले हराएको छ । दोहामा भएको खेलमा आयोजक कतारलाई विजयी गराउन अक्रम अफिफले १७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको कतार नकआउट चरणमा प्रवेश गरेको छ । दोस्रो स्थानको चिनको दुई अंक मात्रै छ । बुधबार राति भएको खेलमा चिनले लेबनानसँग गोलरहित बराबरीमा चित्त बुझायो ।
उता अफ्रिका कप अफ नेशन्स फुटबलमा मोरक्कोले तान्जानियालाई ३–० ले हराएको छ । आइभोरी कोष्टमा गएराति भएको खेलमा मोरक्कोलाई विजयी गराउन रोमाइन साइस, अजेदिने औनाही र योसेफ एन नेसेरीले एक एक गोल गरे । यही समुहको अर्को खेलमा कंगो र जाम्बियाले १–१ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्