२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा गिरावट


481
Shares

काठमाडौं । शेयरबजार परिसूचक नेप्से बिहीबार उतारचढावकाबीच ७ अंकले घट्दै २१ सय ५५ अंकमा थामिएको छ ।

बिहीबार १ सय १२ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १ सय ३३ कम्पनीको भने घटेको छ । बिहीबार २ सय ९८ कम्पनीको २ करोड ११ लाख कित्ता शेयरको ८ अर्ब १७ करोड माथिमा खरीदबिक्री भएको छ ।

बिहीबार अन्य समूह १ प्रतिशतले वृद्धि हुदा वित्त र जलविद्युत सामान्य अंकले बढेका छन् भने निर्जीवन बीमा,लघुवित्त,उत्पादन तथा प्रशोधन र होटल समूह १ प्रतिशतले घटेको छ । ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । रिद्धी पावर, सिनर्जी पावर विकास बैंक, माहुली लघुवित्त वित्तिय संस्था लिमिटेड, गणपति लघुवित्त वित्तिय संस्था लिमिटेड लगायतको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

बिहीबार सबैभन्दा धेरै तेह्रथुम पावर लिमिटेडको सर्वाैधिक ९ प्रतिशतले घटेको छ । त्यस्तै, बिहीबार कारोबार रकमको आधारमा हिमालयन रिइन्सुरेन्सको १ अर्ब ८४ करोड माथिको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।