
काठमाडौं । केन्द्रीय मानन्धर संघको आयोजनामा बिहीबार बेल विवाह (ईहि) मुना कार्यक्रम गरिएको छ ।
काठमाडौं महानगरपालिकासँगको सहकार्यमा टेकुस्थित पचलीको भैरव प्राङ्गणमा ८औं ईहि मुना कार्यक्रम आयोजना गरिएको हो ।
नेवार समुदायका बालिकालाई रजस्वला हुनु अगाडि ईहि गराउने प्रचलन रहेको उपसभापति बद्रीनारायण मानन्धरले बताउनुभयो ।
यस्तै, संघले आयोजना गरेको कार्यक्रममा समुदायभित्रका बज्राचार्य, नकर्मी, प्रधान, राजबहाक, सिंह, डंगोल, महर्जन, अवाले, माली थरका बालिकाहरू सहभागी थिए् । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ ।
बुधबारदेखि सुरु भएको ईहि मुना कार्यक्रम माघ ४ गते बिहीबार सम्पन्न भएको हो । कार्यक्रममा समुदायभित्रका ३९ जना बालिकाहरु सहभागी थिए । नेवार समुदायभित्रका बालिकाहरूलाई व्यवहारिक कर्मसँग साक्षात्कार गर्न ईहि संस्कार गर्नुपर्ने प्रचलन रहेको छ ।
सती प्रथा उन्मुलन गर्नको लागि ईहि गराउने प्रचलन आरम्भ गरिएको विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्