
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य वृद्धिमा भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँ रहेकोमा शुक्रबार बढेर १ लाख १८ हजार रुपैयाँ पुगेको छ भने तेजावी सुन १ लाख १६ हजार ९ सय ५० रुपैयाँ रहेकोमा शुक्रबार बढेर १ लाख १७ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।
यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ९५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्