९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्यालेस्टाइन र इजरायलबीच शान्ति-सुरक्षाका लागि उभिन चाहन्छौं : प्रधानमन्त्री दाहाल


286
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्र संघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभएको छ ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो- ‘विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्र संघका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसंघपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नुपर्छ।’

त्यस्तै, प्रधानमन्त्री दाहालले ‘विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ ले ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ उच्च प्राथमिकता दिनुपर्छ ।” हुन्नुभयो ।