२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कंगोका राष्ट्रपतिबाट शपथ ग्रहण


195
Shares

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को राष्ट्रपतिमा निर्वाचित फेलिक्स सिसेकेडीले नयाँ कार्यकालका लागि शपथ ग्रहण गर्नुभएको छ ।

क्षेत्रीय नेताहरू र अन्य विदेशी विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजित समारोहमा आफ्नो दोस्रो पाँच वर्षे कार्यकालका लागि सिसेकेडीले शपथ ग्रहण गर्नुभएको हो ।

जनवरीको शुरुमा डिआरसी संवैधानिक अदालतले डिसेम्बर २० को चुनावपछि राष्ट्रपति फेलिक्स सिसेकेडीको पुनः निर्वाचित भएको आधिकारिक रूपमा पुष्टि गरेको थियो ।

सिसेकेडीले ७३.४७ प्रतिशत मत प्राप्त गर्नुभयो भने प्रमुख प्रतिपक्षी उम्मेदवार मोइसे कातुम्बीले १८.०८ प्रतिशत मत प्राप्त गर्नुभयो । शपथपछिको मन्तव्यमा सिसेकेदीले थप रोजगारी सृजना, घरपरिवारको क्रयशक्तिको संरक्षण, राष्ट्रिय सुरक्षा, आर्थिक विविधिकरण र आधारभुत सेवामा पहुँचलगायतका काम गर्ने प्रतिवद्धता गर्नुभयो ।

आम निर्वाचनको पर्यवेक्षण गर्ने स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अनुसार राष्ट्रपति, राष्ट्रिय सभा र २६ प्रान्तीय सभाको निर्वाचनमा जम्मा ४ करोड ४४ लाख दर्ता भएका मतदातामध्ये १ करोड ८० लाखभन्दा बढी कंगोलीहरूले मतदान गरेका थिए ।