
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठनले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
आइतवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्