
काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलमा आइतबार राति दक्षिण अफ्रिकाले नामिबियालाई ४–० ले हराएको छ ।
आइभोरी कोष्टमा गएराति भएको खेलमा दक्षिण अफ्रिकालाई विजयी गराउन थेम्बा जवानेले दुई गोल गर्दा पर्से टाउ र थापेलो मासेकोले एक एक गोल थपे ।
जितसँगै दक्षिण अफ्रिकाले राउण्ड अफ सिक्सटिनमा पग्ने संभावना जिवित पारेको छ । समुह ‘ई’ मा दुई खेलबाट ४ अंक जोडेको माली शीर्ष स्थानमा रहँदा दक्षिण अफ्रिका र नामिबियाको समान ३–३ अंक छ ।
आइतबार राति भएका अन्य खेलहरुमा मोरक्को र कंगो तथा जाम्बिया र तान्जानियाले एक एक गोलको बराबरी खेलेका छन् । समुह ‘एफ’ मा दुई खेलबाट मोरक्कोको ४ अंक भएको छ भने कंगो र जाम्बियाको दुई दुई तथा तान्जानियाको एक अंक छ ।
प्रतिक्रिया दिनुहोस्