
काठमाडौं । काठमाडौंको विशाल बजारको प्रांगणमा हिन्दू संस्कृति पुन:स्थापना कार्यक्रम आयोजना गरिएको छ ।
विशाल बजार व्यापार संघ र ऋद्धिसिद्धि ट्रष्टले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय हिन्दू संस्कृतिमाथी निरन्तर प्रहार भैरहेकाले हिन्दू संस्कृति जोगाउन सनातन् धर्मावलम्बीहरु एकजुट हुनु जरुरी भएकोमा जोड दिइयो ।
कार्यक्रममा इस्कोन नेपालका अध्यक्ष रुपेश्वर प्रभुले यस्ता खालका कार्यक्रम बर्षमा एक दिन नभै हरेक दिन संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले सम्पूर्ण सनातन् धर्मावलम्वीहरुलाई आफ्नो धर्म सँस्कृति रक्षाका लागि आह्वान समेत गर्नुभयो । सोमबार साँझ नयाँ सडक क्षेत्रमा दिप प्रज्वलन समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्