
काठमाडौं । इजिप्ट र नाइजेरिया ‘अफ्रिका कप अफ नेशन्स’ फुटबल प्रतियोगिताको नक आउट चरणमा पुगेका छन् । सोमबार राती भएको समुह ‘बि’ को खेलमा केप भर्डेसँग २–२ गोलको बराबरी खेल्दै इजिप्ट राउण्ड अफ सिक्स्टिनमा पुगेको हो ।
यो समुहको अर्को खेलमा घाना र मोजाम्बिकले २–२ गोलको बराबरी खेले । समुहमा तीन खेलबाट केप भर्डेले सात अंक जोड्यो भने सबै तीन खेलमा बराबरी गरेको इजिप्ट तीन अंकसहित दोस्रो भयो ।
उता समुह ‘ए’ बाट इक्वेटोरियल गिनिया र नाइजेरिया नकआउट चरणमा पुगेका छन् । तेस्रो स्थानको आयोजक आइभोरी कोष्ट भने संकटमा परेको छ ।
गएराति भएको खेलमा आइभोरी कोष्टलाई एक्वेटोरियल गिनियाले ४–० ले पराजित ग¥यो । यही समुहको अर्को खेलमा नाइजेरियाले गिनि बिसाउलाई १–० ले हरायो । समुहमा सबै तीन खेल सकिँदा इक्वोटोरियल गिनिया र नाइजेरियाको ७–७ अंक हुँदा आइभोरी कोष्टको ३ अंक मात्रै भयो ।
अब सबै समुहका खेल सकिएपछि तेस्रो हुने टिमहरुमध्ये उत्कृष्ट चारमा परेको खण्डमा मात्रै आइभोरी कोष्ट राउण्ड अफ सिक्सटिनमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्