
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।
अकुत सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो ।
पौडेलद्वय विरुद्ध भ्रष्टाचार र अकूत सम्पतिको मुद्दा दायर भइसकेको छ । उनीहरु दुवै जनालाई बिहीबार विशेष अदालतमा उपस्थित गराउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्