२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लोकतन्त्रमा बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक : अध्यक्ष ठाकुर


143
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताउनुभएको छ ।

बुधबार गजेन्द्रनारायण सिंहको २२ औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ठाकुरले सर्लाही र बालकुमारीमा प्रदर्शन गर्दा पनि सरकारबाट गोली हानी हत्या गरिएको घटनाको विरोध गर्नुभयो । उहाँले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नहुने बताउनुभयो । उहाँले लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने सुविधा सबैलाई हुने बताउनुभयो ।

अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा प्रदेश र स्थानीय सरकार बन्न नसकेको गुनासो गर्नुभयो ।