१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै : आजै नतिजा


377
Shares

काठमाडौं । आज राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रम छ ।

राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि सात प्रदेशबाट आठ राजनीतिक दलका ५१ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

एमालेबाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार कुल हजार ४७ मतदाता छन् । यीनै मतदाताहरुले १९ सदस्य चुन्नेछन् । निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र राखिएको छ ।

मतगणना आजै सुरु हुने र राति अबेरसम्ममा मतपरिणाम आउने आयोगले जनाएको छ । २०७४ फागुनमा निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरुको पदावधि फागुन २० गते समाप्त हुँदैछ ।