१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा शतप्रतिशत मतदान


247
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सम्पन्न भएको छ ।

बिहान ९ बजेबाट सुरु भएको मतदान भर्खरै सकिएको हो ।

सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले शतप्रतिशत मतदान सकिएको जानकारी दिनुभएको हो ।

यहाँ ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी भएको कार्यालयले जनाएको छ ।

कर्णालीबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका तर्फबाट अन्यमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, दलितमा नेकपा (माओवादी केन्द्र) का विष्णु विक र नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्लले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशमा जम्मा ५ हजार ८४ मतभार छ । अब केहि समयमै मतगणना सुरु हुने पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।