
काठमाडौं । सरकारले २०८१-२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा अघि बढाउने भएको छ ।
बिहीबार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताउनुभएको हो ।
मन्त्री भण्डारीले सरकारले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रुपमा अघि बढाउन गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले आन्तरिक रोजगारी बढाउन नसकेसम्मकालागि वैदेशिक रोजगारीमा जानेकुरालाई व्यवस्थित र अनियमितताको नियन्त्रण गर्नु रहेको बताउनुभयो ।
मन्त्री भण्डारीले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आइरहेको बताउनुभयो । उहाँले दैनिक विदेश पलायन भएका युवाहरुसँगै स्वदेश फर्किरहेका युवाहरुको बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री भण्डारीले श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ सय ५३ पालिकामा पुर्याउन र वैदेशिक रोजगारीमा गएकाहरुको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्