
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित हुनुभएको छ ।
कोइरालाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो ।
सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवार विजयी हुनुभएको हो । कोशीमा एमाले र राप्रपाबीच तालमेल भएको थियो कोशीमा अन्य समूहबाट राप्रपा र महिलाबाट एमालेलाई सघाउने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्