२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित


1.066k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित हुनुभएको छ ।

अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित हुनुभएको हो ।

ढुंगानाले प्रदेश सभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत ।

एमालेबाट विजेता झाले २ हजार ४८४ मत प्राप्त गर्नुभयो । उहाँलाई प्रदेश सभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत प्राप्त भएको छ ।

महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मत पाएर विजयी हुनुभयो । उहाँलाई प्रदेश सभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ ।

एमालेकी उषा चौधरीले दुई हजार ४४६ मत प्राप्त गर्नुभयो । उहाँलाई प्रदेश सभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो ।

राष्ट्रिय सभामा प्रदेश सभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।