२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागमतीमा गठबन्धनका ४ जना उम्मेदवार निर्वाचित


2.275k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्ता गठबन्धनका ४ जना उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धको तर्फबाट नेपाली कांग्रेसका दुई जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एक जना उम्मेदवार विजयी भएका हुन् ।

विजयी हुनेमा कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छन् भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।