
काठमाडौं । राहुल महरालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ ।
थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका महराको निवेदन उच्चले अस्वीकार गरेको हो ।
चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा थुनामा रहेका महरालाई उच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
बिहीबार न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्