१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसका राष्ट्रपति पुटिन आगामी निर्वाचनका लागि उम्मेदवार


507
Shares

एजेन्सी । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी मार्चमा हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ ।

यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आउनु भएका पुटिनले चार वटा राष्ट्रपतीय निर्वाचनमा जीत हासिल गरिसक्नु भएको छ ।

रुसको केन्द्रीय निर्वाचन आयोगले पुटिनका साथै दक्षिणपन्थी तथा पुटिनप्रति वफादार लियोनिद स्लटस्कीलाई निर्वाचनका लागि उमेदवारका रूपमा दर्ता गरेको जनाएको छ ।

निर्वाचन मार्च १५ देखि १७ सम्म अर्थात तीन दिनसम्म हुनेछ । सन् २०२० मा एउटा विवादास्पद संवैधानिक सुधारपछि पुटिन कम्तीमा सन् २०३६ सम्म सत्तामा कायम रहन सक्नेछन् ।