
काठमाडौं । दक्षिण अफ्रिका र माली अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको खेलमा बलियो टोली मोरक्कोलाई २–० ले हराउँदै दक्षिण अफिका क्वाटरफाइनलमा पुगेको हो । अर्को खेलमा बुर्किना फासोमाथि २–१ को जित निकाल्दै माली पनि अन्तिम आठमा प्रवेश गरेको छ ।
यता एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा उक्लिएका छन् । कतारमा जारी प्रतियोगिताअन्तर्गतको खेलमा साउदी अरबियालाई टाइ ब्रेकरमा हराउँदै कोरिया क्वाटरफाइनलमा पुगेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइ ब्रेकरमा दक्षिण कोरिया ४–२ ले विजयी भयो । राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा थाइल्याण्डलाई २–१ ले हराउँदै उज्वेकिस्तान पनि क्वाटरफाइनलमा प्रवेश ग¥यो ।
प्रतिक्रिया दिनुहोस्