
काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
बुधबार २१ अंकले घटेर २ हजार ९७ अंकमा थामिएको छ । बुधबार २९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा २ सय १५ कम्पनीको शेयर मूल्य भने घटेको छ । बुधबार उत्पादन तथा प्रशोधन समूह बाहेक सबैै उपसमूह घटेका छन् ।
होटल तथा टुरिजम २ प्रतिशतले घट्दा विकास बैंक,वित्त,जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा,व्यापार लगायतको १ प्रतिशतले घटेकोछ । नेप्सेसँगै कारोबार रकम पनि सामान्य अंकले घटेको छ ।
बुधबार ३ सय १३ कम्पनीको १ करोड ४७ लाख कित्ता शेयरको ५ अर्ब २९ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । बुधबार सामलिङ् पावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले वेद्धि भएको छ भने मेन्छियाम हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेड र अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।
बुधबार कारोबार रकमको आधारमा भने हिमालयन रिइन्सुरेन्स लिमिटेड ६३ करोड माथिको सर्वाधिक कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्