२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात (तस्बिरहरु)


637
Shares

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा हिमपात भएको छ ।

हिउँदे वर्षा भएसँगै बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

यहाँ यस वर्ष पहिलो पटक हिमपात भएको हो ।

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको हो । पाटनको खोड्पे,अनारखोली क्षेत्रमा पनि हिमपात सुरु भएको छ ।

यस्तै, सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् ।

हिमपात भएपनि राजमार्ग अवरुद्ध भने नरहेका ट्राफिक प्रहरी पोष्ट खोडपेका प्रहरी जवान शेरसिंह विष्टले जानकारी दिनुभयो ।

दार्चुलाको अपिहिमाल, व्याँस लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने बझाङ, बाजुरा, डोटी लगायतका जिल्लाका उच्च लेकाली क्षेत्रहरुमा हिमपात भएको छ । खप्तड लगायतका क्षेत्रहरुमा हिमपात भएको बताइएको छ ।

यो वर्ष लामो समयपछि हिउँदे बर्षा र हिमपात भएको छ । गएको असोजदेखि बर्षा नहुँदा बालीनाली हुर्कन निकै समस्या भएको थियो । सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली लगायतका हिउँदेबालीहरु सुकेका थिए । लामो समयपछि भएको हिउँदे बर्षा र हिमपातले बालीनालीमा फाइदा पुर्याएको किसान हरिस महराले बताउनुभयो ।

लामो समयपछि भएको बर्षाले बालीनालीलाई फाइदा पुगेको दशरथचन्द नगरपालिकाका किसान राजबहादुर टेरले बताउनुभयो। खडेरीले सुक्नै लागेको बालीमा यो बर्षाले फाइदा पुगेको बताउनुभयो ।

बर्षा र हिमपातले चिसो बढ्न थालेको छ ।