१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको चासो


65
Shares

काठमाडौं । सरकारले अघि बढाएको मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकबारे प्रेस काउन्सिल नेपालले चासो देखाएको छ ।

बिहीबार काठमाडौंमा सरोकारवालाहरुसँग प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकको सम्बन्धमा छलफल गरेको हो ।

नेपाली मिडियाको विकास तथा संवद्र्धन गर्दै नियमन गर्ने भनि अघि बढाएको मिडिया काउन्सिल लगायतका विधेयकको सम्बन्धमा सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले मिडिया काउन्सिल विधेयक, आमसञ्चार सम्बन्धी विधेयक परिमार्जन नगरी अगाडि बढाउनु नहुने विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

मिडिया काउन्सिल सम्बन्धि विधेयकले प्रेस काउन्सिल नेपालको संरचनालाई प्रभाव पार्ने भन्दै यसको विरोध हुँदै पनि हुँदै आएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले ल्याउने सञ्चार संवद्ध विधेयकहरु मिडिया प्रवद्र्धन, सञ्चारको विकास र पत्रकारहरुको हक, हितका लागि हुनुपर्ने भन्दै आफुहरुले छलफल चलाइरहेको बताउनुभयो । उहाँले त्यस्ता विधेयकहरु मिडिया र मिडियाकर्मीको विकास र संवद्र्धनप्रति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा बन्ने कानूनले मिडियामाथि आइलागेका संकटलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष बस्नेतले प्रेस काउन्सिल ऐन अथवा प्रेस काउन्सिल नेपालाई मजबुत र अधिकारसम्पन्न बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड दिनुभयो । सकारले प्रेस काउन्सिललाई बलियो बनाउन ध्यान दिनुपर्ने उहाँको भनाई छ ।