१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फेवातालमा भुरा छोडियो


455
Shares

काठमाडौं । विश्व सिमसार दिवसको अवसर पारेर फेवातालमा माछाको भुरा छोडिएको छ ।

शुक्रबार विश्व सिमसार दिवसको अवसरमा कास्कीको पोखारास्थित फेवातालमा माछाका भुराहरु छोेडिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा भुराहरु छोडिएको जलाहारी समुदायका ज्ञानबहादुर जलाहरीले बताउनुभयो । उहाँले जलाहारीहरु समुदायका लागि शुक्रबार धान रोपाईंको दिन भएको बताउनुभयो । फेवा तालमा यसरी भुरा नछोड्ने हो भने आफूहरुको कसौँडीमा खाना नपाक्ने बताउनुभयो । उहाँले वडा नम्बर ६ बाट भुरा छोड्ने काम भएको र पहिलो पटक वडा स्तरीय बजेट पाउँदा खुशी लागेको बताउनुभयो ।

पोखरा महँनगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि सोही पेशामा आवद्ध जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडेको बताउनुभयो । उहाँले फेवातालमा विभिन्न प्रजातिका भुरा माछाहरु छोडेको र यसले फेवा तालको सौन्दर्यतासँगै जलाहरी समुदायको जीविकोपार्जनमा पनि सहयोग पुग्ने बताउनुभयो ।

अध्यक्ष भट्टराईले जलाहारी समुदायलाई लक्षित गरी ४ लाख बराबरको नेट पनि व्यवस्था गरेको बताउनुभयो ।