
काठमाडौं । डिशहोमको एक्सन स्पोर्ट्स एचडीमा नेपाल र क्यानाडाबीचको बाइल्याटरल सेरिज प्रसारण हुने भएको छ ।
क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको बाइल्याटरल सेरिज यही फेबुअरीमा हुँदैछ ।
उक्त ओडीआईका खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
यस खेलको प्रत्यक्ष प्रसारण मात्रे एक्सन स्पोर्ट्स एचडी वन र डीसहोम गो बाट हुने छ । नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्