७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दबाबमूलक यात्रा सकेपछि सरकारलाई समाधान पत्र दिन्छौं : सभापति लामिछाने


338
Shares

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न आयोजना सम्पन्न गर्नको लागि दबाबमूलक यात्रा गर्ने बताउनुभएको छ ।

पहिलो चरणमा २१ आयोजनाका बारेमा सरकारलाई समस्या र समधानको उपाय बारेमा दबाब पत्र दिने समेत बताउनुभयो ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भएको खुला सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

यस्तै, पुराना दलबाट देशको कुनै निकास नहुने भएकाले जनताले बैकल्पिक शक्ति खोजेको बताउनुभयो । जनताले नयाँ पनको सरकारको खोजीमा रहेको उहाँको दाबी छ ।