
काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाएको छ । प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको अवसरमा आज देउखुरीमा विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
लुम्बिनीले हरेक वर्ष माघ २१ गतेलाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।
यस वर्ष दुई वटा दिवसलाई एकै दिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको हो ।
जस अनुसार आज लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । प्रदेश सरकारले स्थापना दिवसको दिन आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्