१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


ठूलो पानी नपरी हिउँद बिदा हुँदै


0
Shares

काठमाडौं । यो वर्षको हिउँद ठूलो पानी नपरी बिदा हुने संभावना बढेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण पश्चिम नेपालमा हल्का वर्षा भए पनि मध्य नेपालदेखि पूर्वमा पानी नपरी हिउँद बिदा हुने संभावना देखिएको हो ।

कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै बागमती प्रदेशका थोरै स्थानमा आइतबार छिटफुटदेखि हल्का वर्षा भए पनि बाँकी भूभागमा भने सामान्य बदली मात्रै भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

हल्का वर्षासंगै बढेको चिसोले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात गराएको छ । अरबियन सागरबाट आउने पश्चिमी वायु नेपालसम्म आइपुग्दा कमजोर भइसक्ने भएकाले ठूलो पानी पर्न नसकेको मौसमविद् मानन्धरले बताउनुभयो ।

सोमबारदेखि भने देशभर मौसममा सुधार आउन शुरु हुने र मंगलबारदेखि आकाश उघ्रिएर घाम लाग्ने पनि मानन्धरले बताउनु भएको छ । त्यसपछि तापक्रम पनि क्रमिक रूपमा बढ्दै जाने उहाँको भनाइ छ ।