
काठमाडौं । सरकारले स्वास्थ्य बीमामार्फत औषधि उपचार गराउँदा १० प्रतिशत शुल्क लिने व्यवस्था लागु गरेको छ ।
वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम लिएर एकाघरका पाँच जनाको औषधि उपचार गर्ने व्यवस्था परिमार्जन गर्दै १० प्रतिशत खर्च सेवाग्राहीले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।
बिमितहरुले बीमाको सुविधा दुरुपयोग गरेको तर्क गर्दै सरकारले शुल्क लिने ब्यवस्था गरेको हो । तर नियमित औषधि खानुपर्ने बिरामीहरुलाई एक पटकमा एक महिनाको औषधी दिने गरिएकोमा अब एक पटकमा तीन महिनाको औषधी दिइने भएको छ ।
स्वास्थ्य बीमा मार्फत सामान्यदेखि जटिल रोगको पनि उपचार हुनुका साथै १ हजार १ सय ३३ किसिमका औषधि बिमितलाई निःशुल्क प्रदान गर्ने ब्यवस्था रहेको छ । यस्तै ओपीडी, ल्याब लगायतको सुविधा पनि रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्