
काठमाडौं । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गर्नुभएको आरोप लगाउनुभएको छ ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद दाहालले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै प्रश्न गर्नुभयो ।
महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उहाँको आरोप थियो । सांसद दाहालले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिनुभयो । कानूनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियुक्ति गर्न आग्रह गर्नुभयो । आगामी बैठकहरुमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कामय राख्न आग्रह गर्नुभयो ।
नेता दाहालले सत्ताधारी गठबन्धनको अकर्मण्यताका कारण यो व्यवस्था कमजोर भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्