२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गृहमन्त्रीसँग रुष्ट कांग्रेसले भन्यो – सरकार स्टन्टबाजी गर्ने ठाउँ होइन


585
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।

सोमबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्ना धारणा राख्दै नेता रायमाझीले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको हो ।

नेता रायमाझीले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको बताउनुभयो । उहाँले सरकारमा बसेका मन्त्रीहरुले उहाँले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको बताउनुभयो । सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भएपनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाउनुभयो ।

नेता रायमाझीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गर्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले सरकार नौटंकी गर्ने ठाउँ नभएको बताउनुभयो ।

नेता रायमाझीले सरकारले ४ बजे बैठक बोलाएकोप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले १२ बजे नै बैठक बोलाएर छलफल गरेको भए हुने भन्दै सरकारले कर्मकाण्डी रुपमा संसद चलाउन नहुने बताउनुभयो ।