१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


उद्योगी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति


611
Shares

काठमाडौं । उद्योगी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका चौधरीसहित तीन जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

चौधरीसहित तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले उनीहरुलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । सुरुमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो । प्रहरीले तीनै जनाको बयान सकेको तर, थप अनुसन्धान बाँकी रहेकाले म्याद थप गरिएको हो ।

बयानका क्रममा चौधरीले कानुन विपरित भए आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका थिए । पक्राउ परेका तीनै जनालाई अहिले ग्राण्डी अस्पतालमा राखिएको छ ।