८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सहकारीमा देखिएको चरम निराशा सरकारको प्राथमिकतामा पर्नुपर्छ : रवि लामिछाने


455
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।

सभापति लामिछानेले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद नभएर जनतासँग उत्तदायी भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले सत्ता टिकाउने गरी आवश्यक नभएको विधेयक संसदमा पेश गर्ने तयारी सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्ने बताउनुभयो ।

सभापति लामिछानेले जिम्मेवार राजनीतिक दलको तर्फबाट यो संसद अधिवेशनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको तयारीका साथ आएको बताउनुभयो । उहाँले सरकारले संसदमा बिजनेस बढी भन्दा बढी दिनुपर्ने बताउनुभयो ।