
काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संघीयतासम्बन्धि कानून छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने काम भएकाले पनि संविधानमा व्यवस्था गरिएअनुसार यससम्बन्धि तत्काल कानून निर्माण गरी कार्यान्वयनमा जान ढिलाई गर्न नहुने उहाँको तर्क थियो ।
मंगलबार काठमाडौंमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै पूर्वसभामुख घर्तीले संसदमा वर्तमान शासन व्यवस्थाबारे राजनीतिक दलहरुले घनिभुत छलफल गर्नुपर्ने आवश्यकता समेत औंल्याउनुभयो । जनता र जनप्रतिनिधिहरुबीचको ग्यापको कारण पनि संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउनेहरुलाई बल पुगेकाले संसदमा त्यस्ता भ्रम चिर्ने गरी छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।
पूर्वसभामुख घर्तीले संसदलाई कानून निर्माण गर्ने थलोको रुपमा स्थापित गराउन पनि राजनीति दलहरु लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्