
फाइल तस्बिर
काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नुभएको हो ।
महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति पौडेलले उहाँको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गर्नुभएको हो ।
सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि भएको सिफारिस अनुसार नियुक्ति हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्